Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शाखा संजालमा अब्बल, २ सय बढी शाखा खोलेका मजबुत वाणिज्य बैंकहरु

२०७६ पुष ८ गते


बैंकिङ खबर । पछिल्लो समय शाखा विस्तारमा बैंकहरु आक्रामक तवरले लागी परेका छन् । साउनदेखि कात्तिक चार महिनामा बैंक तथा वित्तीय संस्थाका ५३७ शाखा थपिएको राष्ट्र बैंकको तथ्यांक छन् । यसमा पनि वाणिज्य बैंकहरुको शाखा धेरै बढेका छन् । प्रायः वाणिज्य बैंकको शाखा सयमाथि छ । केही वाणिज्य बैंकका शाखा दुई सय नाघिसकेका छन् ।

शाखा संजालमा सबैभन्दा अगाडी एनआईसी एशिया बैंक रहेको छ । बैंकका देशभर ३१३ वटा शाखा संचालनमा रहेका छन् ।

जनता बैंकलाई गाभेपछि ग्लोबल आईएमई बैंकको शाखा संख्या कुल २७० पुगेको छ । जसमध्ये, काठमाडौँ उपत्यकाभित्र ६१ र उपत्यकाबाहिर २०९ छन् ।

मूख्य शाखा र कर्पोरेट शाखाबाहेक राष्ट्रिय वाणिज्य बैंकका २४३ शाखा संचालनमा छन् । सबैभन्दा धेरै प्रदेश ३ मा ५३ शाखा छन् भने प्रदेश १ मा ५२ शाखा छन् । त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा १९ वटा र सुदुरपश्चिम प्रदेशमा २२ शाखा संचालनमा रहेका छन् । यसबाहेक, गण्डकी प्रदेशमा २९, प्रदेश २ मा ३२ र प्रदेश ५ मा ३६ शाखा संचालनमा छन् ।

सरकारकै स्वामित्वमा रहेको कृषि विकास बैंकका २३२ वटा शाखा संचालनमा रहेका छन् ।

प्रभु बैंकले पनि दुई सयभन्दा बढी शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । काठमाडौँ उपत्यकाभित्र ५५ र बाहिर १४७ गरी प्रभु बैंकका २०२ शाखा पुगेका छन् ।

Ad