Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्त र विशाल ग्रुप फाउन्डेसन सामाजिक कार्यमा

२०७६ पुष ४ गते


बैंकिङ खबर । उपचार खर्च अभाव भई अस्पतालबाट निस्कन नपाएकी ललितादेवी खंगलाई विशाल ग्रूप फाउन्डेसन तथा स्वदेशी लघुवित्त वित्तीय संस्था लि. ले रु ५०,०००/– आर्थिक सहयोग गरेको छ ।
विराटनगर अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालबाट निस्कन नपाएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थीत ज्याला मज्दुरी गरी खाने विपन्न परिवारकी ललितादेवी खंग रकम जुटेपछि, बिहीबार साँझ मुक्त भएर घर जान पाएकी हुन् । खंग विराटनगर अस्पतालमा आईसीयूमा भर्ना भएकी थिईन । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिईन तर हेर्न नपाउँदै जुम्ल्याहामध्येकी एउटी छोरीको मृत्यु भएको थियो । उनलाई आईसीयूमा भर्ना गरिएपछि अर्की छोरी पति गोपीकुमार खंगले स्याहारका लागि सप्तरीको तोपास्थित घर ल्याएर आफन्तको निगरानीमा राखेका थिए । अवधेशकुमार झा ले कान्तिपुरमा समचार प्रकाशित गरे पछी स्वदेशी लघुवित्तका कर्मचारी मंसिर २८ गते राजविराजमा गई पोषण गृहमा रहेकी बच्चीलाई लत्ता कपडा, खाना तथा अ‍ैषधी र हेरचाहको ब्यवस्था मिलाई दिएको थियो । ललिता निको भए पनि उपचार खर्च बुझाउन नसक्दा अस्पतालबाट घर जान पाएकी थिइनन् विभिन्न संस्था र व्यक्तिले सहयोग गरेपछि उनी डिस्चार्ज भएकी हुन् । कान्तिपुर पव्लीकेसनका प्रतिनिधी अवधेश कुमार झा ले गरेको उल्लेखनिय कार्यवाट रकम संकलित भइ निज अस्पताललाई २ लाख ७ हजार ९ सय ५ रुपैया बुझाएर मुक्त भएकी हुन ।

Ad