
बैंकिङ खबर । केन्द्रीय कार्यालय धादिङ्गको धादिङ्गवेशीमा रहेको राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको छैठो बार्षिक साधारणसभा धादिङ्गको धादिङ्गवेशी स्थित धादिङ्गक्रिक रिसोर्टमा सम्पन्न भएको छ ।
सञ्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा वसेको साधारण सभाले आ.व.२०७५।०७६को नाफा वाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस गरि कुल ८० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने जारी चुक्ता पूँंजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यस लघुवित्तले देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमा गरि ४३ वटा जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुर्याइरहेको छ । यस्तै यस अवधीमा संस्थाले ५५ हजार भन्दा बढि सदस्यहरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु ४ अर्ब कर्जा लगानीमा रहेको छ भने ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ४४ करोड संकलन गर्न सफल भएको कुराको जानकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताउनु भयो । संस्थाले अवको दिनमाबिशेष गरि Credit Plus Activities मा Focous गरि सदस्यहरुको व्यवसायिक विकास लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढ्ने योजना रहेकोे उहाको भनाइ थियो ।
कार्यक्रममा संस्थापक शेयर धनि योगेन्द्र संग्रौला, संस्थापक संचालक डा.रमा बश्याल गौतम, संस्थापक शेयरधनि माधव प्रसाद घिमिरे र संस्थागत संस्थापक शेयरधनि मुकुन्द श्रेष्ठले अध्यक्षको प्रतिवेदनमाथि मन्तव्य, सुझाव तथा उत्तरोतर प्रगतीको कामना सहितको मन्तव्य राख्नु भएको थियो ।