Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२० अर्बमा झर्यो वित्तीय संस्थाहरुसँगको अधिक तरलता

२०७३ असार १४ गते

liquidityबैंक तथा वित्तीय संस्थाहरुसँग रहेको अधिक तरलता (लगानी योग्य पुँजी)२० अर्ब रुपैयाँमा झरेको छ । नेपाल राष्ट्र बैंकले ब्यवस्थापनका लागि निरन्तर मौद्रिक औजारहरु प्रयोग गर्न थालेपछि तरलता व्यवस्थापन भएको हो । राष्ट्र बैंकले रिभर्स रिपो, निक्षेप संकलन र सोझै बिक्री बोलकबोल (आउट राइट सेल अक्सन) मार्फत पटकपटक प्रशोचन गरी १ सय ५० अर्ब रुपैयाँको तरलतालाई सो अनुपातमा झारेको हो । 

चालू आर्थिक वर्षको पहिलो दश महिनासम्ममा नेपाल राष्ट्र बैंकले ४ खर्ब ७७ अर्ब ५५ करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोल मार्फत २ खर्ब ९७ अर्ब ५० करोड रुपैँया, रिभर्स रिपो मार्फत (टर्नओभरको आधारमा) १ खर्ब ७० अर्ब ९५ करोड रुपैँया तथा सोझै बिक्री बोल–कबोल मार्फत ९ अर्ब १० करोड रुपैँया तरलता प्रशोचन गरेको राष्ट्र बैंकले जनाएको छ ।