Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

डिप्रोक्स लघुवित्तको एक दिने केन्द्र गोष्टि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७६ मंसिर २७ गते

बैंकिङ खबर । हाम्रो नेपाल ! हामी नेपाली !! बित्तिय रुपमा ! सचेत गोर्खाली !! को स्लोगन सहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय ताङ्गलीचोक, गोरखामा एक दिने केन्द्र प्रमुख गोष्टि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ९८ जना केन्द्र प्रमुख, शाखाका कर्मचारी, डिप्रोक्स लघुबित्त वित्तीय संस्था लिमिटेडकी प्रदेश प्रमुख मधुसुदन हुमागाई, अनुगमन अधिकृत अर्जुन प्रसद पोखरेल र बिशेष अथिति माया प्रेम प्रतिष्ठानका अध्यक्ष खुन प्रसाद रेग्मी तथा गण्डकी गा.पा. अध्यक्ष देउ बहादुर गुरुङ्गको उपस्थिति रहेको थियो । केन्द्र प्रमुख लक्ष्मी धमला लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश प्रमुख मधुसुदन हुमागाईले संस्थाको स्थापना देखि हाल सम्मको अबस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा, लघुबित्तको दोहोरोपनाको बारेमा जानकारी गराउदै सहभागिहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पार्नु भयो भने अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले वित्तीय रुपमा जानकारी नभइ गरिने कुनै पनि वित्तीय कारोवार फलदायि र परिणाममुखि नहुने भएकोले प्रथमतह वित्तीय रुपमा साक्षर भएर मात्र वित्तको परिचालन गर्न सुझाब दिंदै वित्तीय साक्षरताको बारेमा, यसको महत्वको बारेमा र यसको आबश्यकताको बारेमा सहभागिहरुलाई प्रष्ट पार्नु भयो त्यसैगरी शाखाका शाखा प्रबन्धकले उपस्थित सदस्यहरुलाई स्वागत गर्दै शाखा स्थापना र हाल सम्मको शाखाको अबस्थाको बारेमा जानकारी गराउनु भयो भने बिशेष अतिथि खुन प्रसाद रेग्मी र देउ बहादुर गुरुङ्गले ग्रामिण भेगमा लघुवित्त संस्थाहरुले खेलेको भुमिका र राष्ट्र बिकासमा यसको महत्वको बारेमा प्रशंसा गर्नुका साथै बित्तिय रुपमा अशिक्षित महिलाहरुबाट कर्जाको दुरुपयोग हुन गई अबान्छित रुपमा घटेका घटनाहरुमा सिंगो संस्थाको नाम जोडिन जानु निकै दुख लाग्दो रहेकोले यस प्रति सचेत हुन र कर्जाको सहि परिचालन गर्न आब्हान गर्नुभयो । कार्यक्रमको अन्तमा अध्यक्ष लक्ष्मी धमला लामिछानेले कुनै पनि बैंक तथा बित्तिय संस्था नभएको अबस्थामा त्यस ठाउँमा डिप्रोक्स लघुबित्त बित्तिय संस्था आएर शाखा स्थापना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रमको सहजिकरण अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले गर्नुभएको थियो ।

Ad