Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबी लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७६ मंसिर २४ गते


बैंकिङ खबर । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम कञ्चनपुरको लालपुरमा सम्पन्न भएको छ । सो कार्यक्रममा संस्थाका विभागीय प्रमुख प्रेम प्रसाद सुबेदीले संस्थाको सेवा सुविधा, कर्जा शिक्षाको, वित्तीय साक्षरताको बारेमा आफ्नो भनाई राख्दै वित्तीय साक्षरता कार्र्यक्रम उद्यमशिलता प्रति आकर्षण बढाई सम्बृद्धिको अभियानमा कोशेढुगा सावित हुँने बताउनु भयो । साथै उहाँले वित्तीय रुपमा साक्षर ब्यक्तिले कहिले पनि आर्थिक रुपमा पछाडी फर्केर हेर्नु नपर्ने बताउनु भयो । उक्त शाखाका शाखा प्रबन्धक भिम प्रसाद न्यौपानेले शाखाको प्रगती विवरण पेश गर्नु भएको थियो । कर्मचारी माया कुमारी पन्तको स्वागत मन्तब्यबाट सुरु भएको वित्तीय साक्षरता कार्यक्रममो सहजीकरण कर्मचारी कविराज भट्टले गर्नु भएको थियो । एनएमबी लघुवित्तबाट कर्जा लिएर सफल भएका सदस्यहरुले सफलताको कथा प्रस्तुत गरेका थिए । कार्यक्रममा आर्थिक बर्ष २०७५/०७६ मा उत्क्रिष्ट कार्य सम्पादन गरेका ४ वटा केन्द्रलाई सम्मान तथा नगद पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रमले उद्यमशिलता विकास र बचत गर्न निकै उत्प्रेरित गरेकाले कार्यक्रम निकै फलदाई रहेको र यस्ता कार्यक्रम नियमित रुपमा भएमा ब्यवसायिलाई निकै सहयोग पुग्ने सहभागीको धारणा रहेको थियो ।

Ad