Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अधिकांश बैंकहरु मर्जरमा जान तयार

२०७६ मंसिर १० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैङ्कले जसरी पनि बैंकहरुलाई मर्जर गराएर संख्या घटाई गुणस्तर बढाउने अडान लिएपछि अधिकांश बैंकहरु मर्जरमा जान तयार भएका छन् । प्रायः बैंकहरुले साधारणसभामार्फत मर्जरको बाटो खुला गरेका छन् ।

२८ वटा वाणिज्य बैंकमध्ये, जनता बैंक र ग्लोबल आईएमई बैंक मर्जरबाट एक हुन लागिसकेका छन् । यी बैंकहरुले मंसिरभित्रै एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । प्रभु बैंकले साधारणसभामार्फत मर्जरको बाटो खुला गरिसकेको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन गर्न मान्यताप्राप्त मुल्यांकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ । सनराइज बैंकले पनि आफ्नो १२औँ वार्षिक साधारणसभामार्फत मर्जरको बोटो खुला गरिसकेको छ ।

नेपाल एसबीआई बैंकले यही मंसिर २९ गते गर्न लागेको २६औँ साधारणसभाबाट मर्जर तथा प्राप्ती सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्दैछ ।

विकास बैंकहरु त झन् मर्जरका कारण ठूलो संख्यामा घटिसकेका छन् । अझै पनि घट्दै छन् । साना विकास बैंकहरु मात्र नभएर राष्ट्रिय स्तरकै विकास बैंकहरु पनि धमाधम मर्जरमा गइरहेका छन् । गण्डकी विकास बैंक मेगा बैंकसँग मर्जरमा जाने प्रक्रियामा छ भने कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकसँग मर्जरमा जाँदैछ । महालक्ष्मी विकास बैंकले गत कात्तिकमा सम्पन्न १८औँ वार्षिक साधारणसभाबाट मर्जर तथा प्राप्तीका लागि बाटो खुला गरिसकेको छ ।

गरिमा विकास बैंकले पनि मर्जरका लागि बाटो खुला गर्न लागेको छ । मंसिर २७ गते हुन लागेको १३औँ वार्षिक साधारणसभामार्फत गरिमाले राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त संघ–संस्थासँग मर्जर हुने अथवा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृयाको लागि सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले पनि मंसिर ३० गते हुन लागेको १३औँ साधारणसभाबाट मर्जर तथा प्राप्तीको बाटो खुला गर्न लागेको छ ।

क्षेत्रीय स्तरका विकास बैंकहरु पनि मर्जरकै क्रममा रहेका छन् । मर्जर नीति आउनुअघि ८६ वटा रहेका विकास बैंकहरु असोज मसान्तसम्ममा २५ वटा मात्रै बाँकी छन् । जसमा साना विकास बैंकहरु १५ वटा छन् । तीमध्ये, तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार यही मंसिर २२ गतेदेखि हुँदैछ । त्यस्तै, सहयोगी विकास बैंक सिटिजन्स बैंकमा गाभिँदैछ । यसबाहेक, अन्य विकास बैंकहरु पनि विस्तारै अन्य संस्थामा गाभिँदै जाने अवस्था देखिन्छ ।

वाणिज्य बैंकहरुको संख्या पनि १४।१५ मा झार्ने राष्ट्र बैङ्कको योजना छ । सोही अनुरुप बैंकहरु तयार भइरहेका छन् । मर्जर तथा एक्विजिसनका लागि बैंकहरु पार्टनर खोजिरहेका छन् ।

Ad