Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी माइक्रोफाइनान्स चौथो पटक उत्कृष्ट करदाताको रुपमा सम्मानित

२०७६ मंसिर ८ गते

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । नेपाल सरकार, आन्तरिक राजश्व विभागको आयोजनामा विभागको सभाहल लाजिम्पाट, काठमाडौंमा आयोजित आठौं राष्ट्रिय कर दिवस समारोहमा संस्थाकी अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानलाई आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद बहादुर कुँवरले सम्मान प्रदान गरेका हुन् ।

उक्त सम्मानपत्र आर्थिक वर्ष २०७४।७५ को लागि कदर स्वरुप प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ । यस संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण तीन पटक सम्मानित भइसकेको छ । यस पटक समेत गरी चौथो पटक धादिङ्ग जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा यस वित्तीय संस्थालाई नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट सम्मान गरिएको छ ।

Ad