Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकले १६ प्रतिशत बोनश शेयर वितरण गर्ने, लगानीकर्तामा उत्साह

२०७६ मंसिर ८ गते

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको बैंकको १८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गतआ.व.०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, १८ औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७५÷०७६को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

बैंकको १८ औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७५/७६ को मुनाफाबाट गत आ.व. २०७५/ ०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । वार्षिक साधारणसभाले संस्थापक समूहतर्पm कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूहतर्पm कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन/ परिवर्तन गरी संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समुहतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुनेगरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन/परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिमा शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुनेगरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनीस्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ । त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ ।

१८ औं वार्षिक साधारण सभाले १६ प्रतिशतबोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंक लि.को चुक्तापूँजीरु. १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा ३७ वटा एक्स्टेन्सनकाउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन, तथा १९६ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक लि.ले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्तअधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आप्mनो सम्पर्क/प्रतिनिधिकार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतीप्राप्त गरी सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्ने प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक चेरचनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Ad