Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आइतबार १० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२०७३ असार १० गते

nepal rastra bank 1आगामी आइतबार नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने भएको छ । बोलकबोलमार्फत बिक्री गरिने एकबर्षे अवधिको उक्त ऋणपत्रमा दिउँसो तीनबजेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । उक्त ऋणपत्रका लागि अनलाइनमार्फत आवेदन दिन सकिने र बोलकबोलमा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने सो ऋणपत्रका लागि कम्तीमा १ करोड र बढीमा १ करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्ब रुपैयाँ सम्मका लागि आवेदन दिनुपर्नेछ । 

ऋणपत्रको ब्याजदर अर्ध वार्षिक रूपमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ । यसका लागि एउटै वित्तीय संस्थाले समेत फरक–फरक ब्याजदरमा बोलकबल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी जारी सुचनामा उल्लेख छ । ऋणपत्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि धितोका रूपमा प्रयोग गर्न पाइने र लगानी भएको रकम बैधानिक तरलता अनुपात (एसएलआर) मा गणना गर्न पाइने सुविधा प्रदान गरिएको छ ।

तरलता बढी भएपछि केन्द्रीय बैंकले ऋणपत्रमार्फत बजारबाट रकम उठाउन लागेको हो । ०७२ वैशाखमा गएको भूकम्प, त्यसपछिको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण कर्जा उलेख्य बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । अहिले बैंकिङ क्षेत्रमा १ खर्ब रुपैयाँ तरलता रहेको बताइएको छ ।