
बैंकिङ खबर । फत्तेपुर स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुरले शाखाबाट गठन भएको ३६ नं. समुहको सदस्य रिसमानी थारु को श्रीमान मृतक सन्तोष कुमार थारुको काजक्रिया खर्च प्रदान गरेको छ । ग्रामीण कर्जा बीमा अन्तर्गत कर्जा लगानी गर्दा रु ५० रुपैया प्रिमियम लिएर १४०००।०० बराबरको काजक्रिया खर्च दिने ब्यबस्था अनुसार उक्त रकम हस्तान्तरण गरेको हो । शाखाले ३ महिना अगाडी मात्र मृतक सन्तोष कुमार थारुको आमाको मृत्यु हुदा १३८०००। रकम प्रदान गरेको थियो । एउटै घरमा तिन महिना भित्र २ जनाको मृत्यु हुँदा गाउँमा नै शोकाकुल छाएको थियो । संस्थाद्धारा दुखको समयमा रकम उपलब्ध गराएकोले समुहका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रमुख कलक राज वन कर्मचारी बालुराम चौधरी तथा वेलमाया घर्तिमगर ले आफ्नो मन्तब्य राख्नुभएको थियो ।