Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्धारा ब्यवसायिक बाख्रापालन तालिम सुरु

२०७६ कार्तिक २ गते


बैकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा सुलीचौर बजारमा सुनिलस्मृती गांउपालिका का अध्यक्ष गुणेन्द्र घर्तिले पानसमा दिप प्रज्वलन गरि ब्यवसायिक बाख्रापालन तालिमको उदघाट्न गर्नुभयो । तालिम को सुरुवात कार्यक्रम शाखा प्रमुख टिकारामल बस्यालको अध्यक्षता र गांउपालिका का अध्यक्ष गुणेन्द्र घर्ति प्रमुख आतित्यतामा सुरु भएको थियो । तालिम संचालन संस्थाको शाखा कार्यालय सुलिचौरका लेखापाल श्रीधर रिजालले गर्नु भएको थियो । तालिम २०७६ कार्तिक १ .गते देखि ३ गतेसम्म संचालन हुने शाखाप्रमुख टिकाराम बस्यालले जानकारी गराउनुभएको छ । यस तालिममा प्रशिक्षकहरु सुन बहादुर पुन, अशोक कुमार केशरी, शाखाप्रमुख टिकाराम बश्याल, क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम ब्यवस्थापक जिताराम गौतम रहेका छन । तालिममा सहभागीहरुलाई स्वागत तथा तालिमको उद्देश्यबारेमा संस्थाको सुलीचौर शाखाका केन्द्र परिचालक निर्मला घर्तिमगर ले प्रकाश पार्नुभएको थियो ।

नेपालमा गरिवी न्युनिकरण, महिला सशक्तीकरण र स्वरोजगारी सृजना रोजगारीको वृद्धि गर्न आर्थिक सम्वृद्धिको लागि लघु उद्यमीलाई विकास गर्न र एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरीरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिईरहेको र यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका कार्यक्रम ब्यवस्थापक ले बताउनभएको थियो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको ठूलो लघुवित्त संस्थाहो । संस्थाले १८१ वटाशाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवाप्रदान गरिरहेकोे छ ।

Ad