बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढ,बाराले आफुसंग कारोबार गर्दै आएको सदस्यको मृत्यु उपरान्त बीमा रकम हस्तानान्तरण गरेको छ ।
सिम्रौनगढ नगरपालिका वडा नं. ६ सिम्रौनगढ निवासी सिया सुन्दर देबी सोनारको हृदयघातले मृत्यु भएपछि बैंक कर्मचारी, कारोबारी सदस्य, स्थानिय भद्रभलादमी र नागरिक समाजको रोहबरमा एक कार्यक्रमको आयोजना गरि मृतकका छोरो राजा साह सोनारलाई रु.१ लाख १२ हजार रकम बैंकका शाखा प्रमुख हसमुदिन मियाद्धारा हस्तानान्तरण गरिएको बैंकका सहायक कर्मचारी दिनानाथ दासले बताउनुभयो । हाल सम्म यस शाखाले ३२ जनालाई रु. २७ लाख १४ हजार १ सय २९ रकम बितरण गरिसकिएको बैंकका लेखापाल दिपक कुमार हरिजनले बताउनुभयो ।