बैंकिङ बखर । नेपालका बैंकरहरु सुरक्षित छैनन् भन्ने आभाष विस्तारै हुन थालेको छ । किन कि अधिकाँस बैंंकरहरुको ससाना गल्तीहरु खोज्दै जाने हो भने सुरक्षित कोही पनि रहन सक्दैनन् । कतिपय व्यबसायमा पनि संलग्न छन् । कतिपयले राजनीतिक दवावका कारण पनि कामहरु गर्नुपरेको अबस्था छ । राजनीतिको पासो कतिबेला कतातिर फर्कन्छ थाहा हुँदैन । राजनीतिक आश्थाका कारण खोजि खोजि कार्बाही गर्ने हो भने को बाँकी रहला ? लोभ, लालचमा रहेर काम गर्नेहरु पनि छन् । उनीहरुको कुरा फरक भयो । विस्तारै नीतिहरु कडा बन्दै गरेका छन् यो पनि स्वीकार्य हुनैपर्ने भयो । तथापी ससाना गल्ती खोजेर हिड्नु राज्यको काम होइन ।
लोभले, लालचले अथवा आफन्तबादले केही बैंकरहरु आगामी दिनमा बैंकिङ कसुरको भागिदार हुने छन् । हरेकको खोज्दै जाने हो भने नेपालमा कुनै बैंकर पनि चोखो हुन सक्दैन । तर यत्ति भन्दैमा खराब भएरै खराव देखिने पनि होइनन् । जबसम्म खराव पक्ष लुकिरहन्छ तवसम्म कुनै समस्या आउँदैन । तर अधिकाँसका कुनै पनि दोष देखिन सक्छ । यस विषयमा सम्बन्धित सरोकारवाला सचेत, गम्भिर र कानूनी दाग नलाग्नेगरी सक्रिय हुन जरुरी छ ।
बैंकरहरु मात्रै होइन मूल्याङन गरिदिने इन्जीनीयरहरु पनि उत्तिकै दोषी हुन्छन् । कुनै राम्रो मूल्याङनलाई पैसा खान नपाएका कारण थोरै मूल्याङकन गरिदिने अनि कुनै कम्जोरलाई पनि पैसा खान पाएका कारण धेरै मूल्याङकन गरिदिने इन्जीनीयरहरु पनि छन् । खोलाको जग्गा, कम्जोर जग्गा, नाता गोताको जग्गा वा केही कमीशनको जालो यी र यीनै विषय हुन् धेरैजसो बैंकरहरु फस्ने कुराहरु ।
यी हुन् बैंकिङ कसुरमा बैंकरहरु फस्ने आधारहरु :
कुनै पनि अर्को कर्मचारीको बदमासीका कारण पनि यस्ता घटनाहरु दोहोरिन्छन् । कर्मचारीले नबुझेरै वा उसको आसेपासे भएका कारण उसले गर्ने कम्जोर सिंगो बैंंकिङ क्षेत्र र बैंकको नेतृत्वकर्तासम्म पुग्छ ।
साथै जग्गा व्यबसायीसँग बैंकरको साँठ गाँठ हुनु अर्को समस्या हो । नेपालका अधिकाँस बैंकरहरुको जग्गा व्यबसायी वा दलालीसँग साँठगाँठ देखिन्छ । जसका कारण जग्गा दलालीले नै बैंकरलाई कुनैपनि बाटोबाट फसाउन सक्ने अर्को खतरा रहीरहन्छ ।
टेक्नीकल मिस्टेकका कारण पनि समस्या पर्न जान्छ । कहिलेकाँही बैंकको सिइओले कागजपत्र नहेरी हस्ताक्षर गर्न पनि सक्छ । उसको मुडका आधारबाट, व्यस्तताको आधारबाट वा धेरै नाफा कमाउने उद्येश्का आधारबाट पनि बैंकिङ कसुरमा बैंकरहरु पर्न सक्ने देखिन्छ ।
यति कुरा भनिसकेपछि अब बैंकरहरुमाथि खतराको घण्टी बज्न थालेकै हो त ? भन्ने कुरा उव्जीन सक्छ । तर बैंकमा दक्ष जनशक्ति, लोभ लाचलको पछि नलाग्ने व्यक्तिको जमात, वित्तीय साक्षर भएको र बैंकीङ क्षेत्रबारे अध्यननशील व्यक्तिले मात्रै बैंकको नेतृत्व गर्न जरुरी छ । त्यसमाथि सिइओ आफैले ठुला कर्जाका बारे प्रत्यक्ष निगरानी गर्न जरुरी देखिन्छ ।