Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न

२०७६ आश्विन ६ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पिपरी, बाँकेले सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुर को मुख्य आयोजना तथा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय पिपरी, बाँके को प्रमुख प्रायोजनमा र नेपालगंज उप महानगरपालिका , अभिबल ल्भउबनिगलव नचभभल ल्भउबनिगलव र शान्ति समृद्घि तथा बिकासको लागि स्वास्थ तथा हरित नेपाल को सहकार्यमा ल्यान्डफिल साइट नेपालगंज २३ , हिरमिनियामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा करिब ५० जना भन्दा बढि स्थानियको उपस्थिति रहेको थियो । नेपालगंज उप महानगरपालिकाले र्भखरै उद्घाटन गरेको ल्यान्डफिल साइटमा १०० भन्दा बढि विरुवा रोपिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष टेक व. बहोरा, मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम कार्की, प्रहरी निरिक्षक डा. महादेव देउजा, लागु औषध व्युरो नियन्त्रणका प्रहरी निरिक्षक विर बहादुर थापा, प्रहरी निरिक्षक गिरी भंडारी, चेन्ज टिम (परिवर्तन समुह) की कार्यक्रम संयोजक ईन्द्रा कु. जि.सि, व.डा नं २३ का वडा अध्यक्षह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै जिल्ला प्रहरी बाँकेका प्रहरी निरिक्षक गिरी भण्डारीले विरुवा रोप्ने काम भनेको जीवन जोगाउने काम हो, जसको जे पेशा भए पनि विरुवा रोप्ने र जोगाउने गर्नुपर्छ भन्ने भनाइ रखेका थिए, त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष टेक व. वहोरा ले बृक्षा रोपण जस्तो पुण्डित कार्यमा हातेमालो गर्न पाउँदा खुशी लगेको बताउँदै आगामी दिनमा समेत परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।

Ad