
बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले धादिङ जिल्लाको भञ्ज्याङपोखरी शाखामा आवद्ध ग्राहकहरुलाई उन्नत तरकारी खेती तालिम प्रदान गरेको छ ।
तालिममा व्यवसाय उन्मुख ३१ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।
तरकारी खेती सम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्देश्यले उन्नत तरकारी खेती तालिम आयोजना गरिएको थियो ।
तालिमको उद्धाटन कार्यक्रममा बोल्दै धादिङ धुनिबेशी नगरपालीका वडा नं. १ का वडा अध्यक्षचन्द्र बहादुर तामाङले यस्ता तालिमहरु पाउनको लागि समय र पैसा खर्च गर्नु पर्नेमा यस लघुवित्त संस्थाले सीप र क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु स्थानीय स्तरमा निःशुल्क संचालन गरी महिला कृषकहरुलाई आफ्नो घरव्यवहार मिलाउँदै उद्यमशीलता बनाउन गरेको प्रयास अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्नुु भएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषिविशेषज्ञ) ओम प्रकाश भुसालले गर्नुभएको थियो ।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधासँगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले क्षमताअभिवृद्धि तथा सिप विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ ।