बैंकिङ खबर । महिला सामुदायिक सेवा केन्द्र दाङ को २५ औ रजत जयन्ती तथा महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको एक कार्यक्रमको बिच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले उद्घाटन गर्नुभयो ।
नेपाल राष्ट्र बैकका गर्भनर डा. चिन्रजीवि नेपालले नेपालमा वित्तीय पहुँच अभिवृद्धि गर्न गैर सरकारी संस्था हरुलाई लुघवित्त कार्यक्रम संचालन गर्ने अनुमति प्रदान गरिएको तथा उक्त संस्थाहरुमा संस्थागत शुसासन तथा अनुगमन गर्न आवश्यक रहेको हुदा “घ” वर्गको वित्तीय संस्थाको अनुमति प्रदान गरिएको जानकारी गराउनुभयो । उहाले नेपालमा ग्रामिण अर्थतन्त्रको विकास गर्न, साना तथा मझौला उद्यमी निमार्ण गर्न तथा कृषि मा आधारित उद्योग हरुको विकास गर्दै समग्र आर्थिक विकासमा लघुवित्त ले टेवा पुर्याएको मा खुसी व्यक्त गर्न भयो । देश नाकाबन्दिमा पर्दा परेको समस्या उजागर गर्दै देशमा उत्पादनमुखी अर्थतन्त्र बनाउन लघुवित्त वित्तीय संस्थाहरु को योगदानको चर्चा गर्दै ग्रामिण अर्थतन्त्र चलायमान बनाउन तथा स्थानिय रोजगारी सृजना गर्न सकेमा युवाहरु विदेशीने बाध्यता कम हुने समेत जानकारी गराउनु भयो । नेपालमा बित्तीय संस्थाद्धारा वित्तीय पहुँच प्रदान गरि वित्तीय ब्यवस्थापन गर्न सफल भएको हुदाँ अब यूवाहरु बिदेशिनुु नपर्ने उहाको भनाई थियो ।
उक्त कार्यक्रममा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिृकत पबन योगीले संस्थाले गरेको सामाजिक कार्य तथा गतिविधीहरुको जानकारी गराउदै वित्तीय संस्थाले २५ वटा शाखा ३ वटा सम्पर्क कार्यालय मार्फत १० जिल्लामा ९८ करोड वचत, १ अर्व ५४ करोड लगानीमा रही रहेको ऋण रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा वर्तमान कार्यकारी अधिकृत विमला योगीले स्वागत मन्तब्य ब्यक्त गर्नु भयो भने कार्यक्रमको अध्यक्षता महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष गिता गिरीले गर्नु भएको थियो ।
लघुवित्त
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालद्धारा सामुदायिक लघुवित्तको समुद्घाटन
२०७६ आश्विन ५ गते