September 17th, 2019

त्रिलोक लघुवित्तद्धारा ‘केन्द्र प्रबन्धक कर्मचारीहरुको क्षमता अभिबृृद्धि तालिम’ सम्पन्न

बैंकिङ खबर । सुनवल–४, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको त्रिलोक लघुवित्त वित्तीय संस्थाले दुई दिने केन्द्र प्रबन्धक कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपानेको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत यौपानेले गरिबी न्यूनीकरणमा लघुवित्तको भूमिका र लघुवित्तमा देखा परेका समस्याहरु तथा समस्यका समाधानका बारेमा प्रष्ट पारेका थिए । संस्थाका मानव संसाधन विभाग प्रमुख केशरी राज निरौलाले केन्द्र प्रबन्धक कर्मचारीको काम कर्तव्य र जिम्मेवारी सम्बन्धमा प्रशिक्षण दिएका थिए भने संस्थाका लेखा बिभाग प्रमुख दिनेश कुवँरले Delinquency Management & Cost of Delinquency सम्बन्धमा प्रशिक्षण दिएका थिए । त्यस्तै, संस्थाका तालिम बिभाग प्रमुख बिकास आचार्यले केन्द्र व्यवस्थापन र आन्तरिक लेखा परिक्षण बिभाग प्रमुख विजय आचार्यले लेखा व्यवस्थापन सम्बन्धमा प्रष्ट पारेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]