Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तद्धारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

२०७६ भाद्र ३० गते


बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लि. को व्यास—७, क्यामिन शाखाले वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक तथा “मिहनती कहिल्यै भोको रहदैन उधमी कहिल्यै बेरोजगार हुदैन” शिर्षकमा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । श्री क्यामिन मा विमा अध्ययनरत कक्षा ८, ९ र १० का १२ जना प्रतियोगी सहित ३६५ विद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रतियोगीले मिहनत गरी सफल भएका उधमीको उदाहरण प्रस्तुत गदै मिहनत गरी उधमशिलताको बाटो रोजेमा सम्रग देशको बिकास टेवा मिल्ने आफ्ना गहकिला तर्कहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा व्यास—७ तनहु, क्यामिन शाखाका शाखा प्रबन्धक अन्जन लोहनी , केन्द्रीय कार्यालयबाट सामाजिक परिचालक संगीता पाठक, क्यामिन शाखाका कर्मचारीहरु र क्यामिन मा.वि.का सम्पुर्ण शिक्षक तथा बिधार्थीहरुकोे उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै विधालयका प्रधानाध्यापकले विद्यार्थीलाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदान गर्न मद्दत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर गर्न आवश्यक रहेको बताए ।

Ad