September 16th, 2019

मिर्मिरे लघुवित्तद्धारा जनचेतना कार्यक्रम सम्पन्न


बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पिपरी, बाँकेले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला बाके कोहोलपुर नगरपालिका वा.नं ९ स्थीत रहेको कृषि विकास बैंक क्षेत्रीय तालिम केन्द्र पिपरीमा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज, लागु औषध व्युरो नियन्त्रण कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द नेपालगंज, चेन्ज टिम (परिवर्तन समुह)को संयुक्त आयोजनमा डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्घ महिला सदस्यहरु, विद्यार्थी साथै समुदायका अन्य महिला तथा पुरुषहरुलाई समेटेर डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा २०० भन्दा बढि महिला सदस्यहरु, विद्यार्थी तथा स्थानिय पुरुषहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरी डेंगू संक्रमणमा रोकथामका उपायहरु, लक्षण र असरहरुका बारेमा अडियो तथा भिडियो पावर प्वाइन्ट प्रेजेन्टेसन गरिएको थियो । डेंगूको लक्षण देखिने वितिकै नजिकैको स्वास्थ्य संस्था तथा चिकित्सकको सल्लाह लिन सुझाइएको थियो ।
कार्यक्रममा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम कार्की, प्रहरी निरिक्षक डा. महादेव देउजा, लागु औषध व्युरो नियन्त्रणका प्रहरी निरिक्षक विर बहादुर थापा, चेन्ज टिम (परिवर्तन समुह)की कार्यक्रम संयोजक ईन्द्रा कु. जि.सि, मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, शाखा प्रबन्धक तेज ब. खत्री लगायतको उपस्थिति रहेको थियो ।
जनचेतना कार्यक्रममा लागु औषध सम्बन्धी र सुधार केन्द्रका काम र लगु औषध व्युरोले गर्ने मुख्य कामको बारेमा जनचेतना दिइएको थियोे । मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको डेंगू संक्रमणका बारेमा पहिलो जनचेतना अभिान मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. गरेको हो ।
कार्यक्रमको समापनमा बोल्दै मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी नायव उपरिक्षक डा. बोध विक्रम कार्कीले वित्तीय संस्थाको अगुवाईमा डेंगू संक्रमण र लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गर्न पाएको खुशी व्यक्त गरेक थिए । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्लेले परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]