September 13th, 2019

निर्धन उत्थानद्धारा व्यवसायिक कुखुरा पालन तालिम शुरु

बैंकिङ खबर । निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय सन्धिखर्क अर्घाखांचीको आयोजनामा मिति २०७६ साल भाद्र २६ गते देखी ३ दिने ब्यवसायिक कुखुरापालन तालिम सुरु भएको छ । सन्धिखर्कको होटल साथी प्रा.लि मा शुरु भएको कार्यक्रमको सन्धिखर्क नगरपालिका का उपमेयर ठाकुर कुमार बिक किशोर ले उद्घाटन गर्नुभएको थियो ।
निर्धन उत्थान लघुबित्त बित्तिय संस्था शाखा कार्यालय सन्धिखर्कका शाखा प्रमुख शंकरकान्त न्यौपानेको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पत्रकार महासंघ अर्घाखांची जिल्ला उपाध्यक्ष गणेश खनाल, सन्धिखर्क नगरपालिका वार्ड नं. १ का वडाध्याक्ष युवराज बन्जाडे, निर्धन उत्थान लघुबित्त बित्तिय संस्था क्षेत्रिय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदी, जिल्ला पशु तथा भेटेनरी कार्यालयका प्रशिक्षकद्धय योगेन्द्र प्र. मरासिनी तथा बिजय खनाल, निर्धन उत्थान शाखा कार्यालय सन्धिखर्कका कर्मचारी र बिभिन्न समुहबाट तालिममा सहभागी सदस्य तथा अभिभावक गरि कुल ४३ जना को उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन शाखा कार्यालयका कर्मचारी प्रमराज जोशीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शाखा कार्यालय सन्धिखर्कका कर्मचारी चन्द्रबदन मिश्रले कार्यक्रममा स्वागत मन्तब्य दिनु भएको थियो ।
निर्धन उत्थान लघुबित्त बित्तिय संस्था क्षेत्रिय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदीले संस्थाको २०४९ साद देखीको यो यात्रामा देशका ७७ जिल्लामा रहेको १८१ वटा शाखा कार्यालयमा हाल ३ लाख ५८ हजार ६०१ जना सदस्य आवद्ध रहेको, १९ अर्व भन्दा बढी लगानीमा रहेको कर्जा रहेको, ११ अर्व भन्दा बढी बचत तथा निक्षेप रहेको र ग्राहकको माग बढी रहेको सन्दर्भमा नपुग पुंजिको स्रोत परिपुर्ति गर्न बिभिन्न बाणिज्य बैंकहरुबाट सापटि लिएर ग्राहकको आवश्यकता पुरा गर्दै आएको बताउनु भयो । ग्राहकहरुको क्षमता बृद्धी गर्न कर्जा बचत कार्यक्रम मात्रै संचालन गरेर नहुने हुंदा संस्थाले समय समयमा सदस्यहरुलाई सिप बिकाश तालिमहरु समेत दिंदै आएको बताउंदै तालिममा आएका सहभागीहरुलाई तालिम उपलब्धीमुलक बनाउन र तालिम पश्चात आफ्नो क्षमता अभिबृद्धी गर्दै उत्पादन बढाउन अनुरोध गर्नुभयो ।
यस्तै , पत्रकार महासंघ अर्घाखांचीका उपाध्यक्ष गणेश खनालले सहभागीहरुलाई कर्जाको सहि सदुपयोग गर्न र तालिम पश्चात व्यवशाय बृद्धी गर्ने गरि कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।
यता, वडा नं. १ का वडाध्यक्ष युवराज बन्जाडेले संस्थाको कार्यक्रमकर्जा बचत मात्रै नभएर बिमा र ब्यवसायिक तालिम पनि रहेको जानकारी पाउंदा खुसी लागेको र सहभागीहरुले तालिममा सिकेको कुरा व्यवहारमा उतारेमा मात्रै तालिमको सार्थकता हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी ठाकुर कुमार बिकले अर्घाखांची जिल्लाका ३ वटा स्थानिय निकायमा संस्थाको कार्यक्रम रहेको जानकारी भएकाले त्यस जिल्लाका सबै स्थानिय निकायमा कार्यक्रम बिस्तार गर्न आग्रह गर्नुभयो । संस्थाले यस किसिमको तालिम आयोजना गर्नु आफैंमा सराहनिय कार्य भएकोले आउंदा दिनमा नगरपालिका संग समन्वय गरि कार्यक्रम आयोजना गरेमा नगर पालिकाले समेत वित्तीय तथा गैर बित्तिय सहयोग प्रदान गरि कार्यक्रम पश्चात नियमित अनुगमन गर्ने बताउनुभयो । ग्राहक सदस्यले क्षमता अनुसार कर्जा लिने र कर्जालाई उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै कार्यक्रमको सफलताको कामना समेत गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका शाखा प्रमुख शंकर कान्त न्यौपाने ले सबै अतिथि तथा बिशिष्ट अतिथिलाई धन्यवाद दिंदै तालिम भब्य रुपमा सफल पार्न सम्पुर्ण सहभागीहरुलाई आग्रह गर्दै तालिमलाई उपलब्धीमुलक बनाउन आग्रह गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]