September 13th, 2019

मिर्मिरे लघुवित्तद्धारा जनचेतना कार्यक्रम सम्पन्न


बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मटेहिया, बाँकेले नेपाल प्रहरी,सशत्र प्रहरी र स्वास्थ्य संस्थाको साझेदारीमा मिर्मिरेको सरसफाई अभियान अन्तर्रगत , “सफा घर आँगन स्वच्छताको पहिचान” भन्ने मूल नारा सहित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्घ महिला सदस्यहरु साथै समुदायका अन्य महिला तथा पुरुषहरुलाई समेटेर वित्तीय साक्षरता, महिला सशक्तीकरण विषयमा जनचेतना कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा लगभग २०० भन्दा बढि महिला सदस्यहरु तथा स्थानिय पुरुषहरुको उपस्थिति रहेको थियो । सरसफाई कार्यक्रममा विशेष गरी गाउँलाई खुल्ला दिशा मुक्त बनाउन सबैले चर्पीमा नै दिसा पिसाब गर्न, घर चोक बजार तथा अन्य सार्वजनिक स्थलहरु सफा राख्न जनचेतना दिएको थियो । कार्यक्रम कुनै एक संस्थाको नभई सरसफाई सबैको साझेदारीमा हुने भएकाले समुदायको मानिसहरुको उपस्थीतीमा सरसफाई गर्नु पर्ने र नगर्दा हुने बेफाइदाको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. का तालिम तथा सामाजिक विकास विभाग प्रमुख विकल काफ्ले, कर्जा असुलि तथा व्यवस्थापन विभागका सुरेश खड्का, मटेहिया प्रहरी चौकीका प्रतिनिधि, मटेहिया अस्पतालका प्रतिनिधि, मटेहिया सशत्र प्रहरीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
सरसफाई कार्यक्रमसँगै मिर्मिरे लघुवित्तले वित्तीय साक्षरता महिनावारी सरसफाई लगायतका विषयमा महिलाहरुलाई भिडियो सामाग्री प्रस्तुत गरेको थियो । संस्थाले स्थापनाकालदेखि त्यस क्षेत्रमा सरसफाई , घुम्टो प्रथा, छुवाछुतका विषयमा जनचेतना जगाउदै आइरहेको छ ।
संस्थाले त्यस क्षेत्रमा रहेको स्कुल , वडा कार्यालय, प्रहरी साथै अन्य निकाय समक्ष ध्यानकर्षण गराउँदै परिवर्तनका निमित्त सबैले आ– आफ्नो ठाउँबाट योगदान तथा सहयोग गर्न आग्रह गरेको थियो ।
कार्यक्रमको समापनमा बोल्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सामाजिक तथा तालिम विभाग प्रमुखले परिवर्तनका लागि संस्थाले सबैसँग हातेमालो गर्न तयार रहेकाले सबैलाई सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]