September 13th, 2019

मार्जिन कारोबारका लागि ३३ कम्पनी योग्य

बैंकिङ खबर । मार्जिन कारोबारको लागि ३३ सूचीकृत कम्पनी योग्य देखिएको छन्। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बिहीबार सार्वजनिक गरेको मार्जिन सुविधा योग्य कम्पनीको सूचीमा परेका ३३ कम्पनीमध्ये, वाणिज्य बैंक समूहबाट १२, विकास बैंकको सूचीबाट सात, लघुबित्तको बाट ९, जलविद्युत कम्पनीबाट तीन, होटेल र अन्य समूहबाट १।१ छन् ।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले तोकेको मापदण्ड अनुसार उक्त कम्पनीहरू योग्य देखिएका हुन् । कार्यविधिमा १० हजार शेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा दश प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा असी प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीलाई मार्जिन कारोबार योग्य मानिएको छ ।

हालसम्म नेप्सेबाट २१ सदस्य दलाल कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमति लिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]