September 11th, 2019

स्वदेशी लघुवित्तले दियो फिल्ड कर्मचारीहरुलाई तालिम

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रदेश न. ५,६ मा संचालित १५ वटा शाखामा कार्यरत ३४ जना फिल्ड कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तथा कर्जा व्यवस्थापन सम्बन्धी २ दिने तालिम प्रदान गरेको छ ।

हालको अवस्थामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा तथा कार्यक्रम विस्तारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका विच आफ्नो कार्यक्रमलाई कसरी सवल, जोखिमरहित वनाउने र संस्थाले निर्दिष्ट गरेका लक्ष्यहरुलाई प्राप्त गर्न कर्मचारीमा चाहिने सीप, कौशल, तथा दक्ष वनाउदै कर्जाको गुणस्तर र कर्जाको भाखा नाघ्न नदिने आदि रणनीति तयार गरि कर्मचारीको क्षमता अभिवृद्धि गर्नका लागि तालिम दिइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईँले बताए ।

तालिममा कर्जाको लगानी र असुलीले मात्र गरिवि न्युनिकरण नहुने हुँदा समाजसँगको असल सम्वन्ध स्थापना गर्ने, स्थानीय सरकारसँगको साझेदारी, वित्तीय साक्षरता, स्वयमलाई सुधार गर्न कर्मचारीलाई अग्रसर गराउने लगायतका विषयमा जोड दिइएको थियो ।

संस्थाका कार्यकारी प्रमुख लगायत वैक तथा वित्तिय संस्थामा लामो अनुभव संगालेका प्रशिक्षकद्वारा तालिम प्रदान गरिएको थियो । तालिम मार्फत फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धि भइ ग्राहक सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी हुने विश्वास संस्थाले लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]