September 10th, 2019

यी सडकका मान्छे, जसलाई लघुवित्तले मेहनती मालीक बनायो

बैंकिङ खबर । बंगलादेशबाट १९७० को दशकमा ग्रामीण बैंकको नामबाट माइक्रोफाइनान्सको सुरुवात भएदेखि नै यसको फाइदाका बारेमा वादविवाद हुँदै आएको छ । सन् २००६ मा मुहम्मद युनुसले माइक्रोफाइनान्सको सुरुवातकै लागि नोबल शान्ति पुरस्कार पाएपछि माइक्रोफाइनान्सले विपन्न र पिछडिएका परिवारमा महिला सशक्तिकरणमा सहयोग गर्ने कुरालाई स्वीकार गर्न थालियो । अहिले विश्वभर माइक्रोफाइनान्समार्फत गरिबहरुको उत्थान गर्दै आएका उदाहरणहरु प्रशस्तै भएका छन् । माइक्रोफाइनान्सको कर्जा लिएर आफ्नो जीवन सुधार्न सफल भएका केही व्यक्तिहरुको सफलताको कथा उदाहरणका लागि यहाँ प्रस्तुत गरिन्छः

Reuben Mpunda, Tanzania

होटल, मदिरा पसल, रुबी खानी लगायतमा १० वर्ष संघर्ष गरेपछि रिउबेनलाई अफ्रिकामा स्वच्छ पानी विक्री गर्ने आइडिया फुर्यो । तर, उसँग ट्यांकी किन्नेसम्मको पैसा पनि थिएन । तीन वर्ष योजनामै बितेपछि उनले माइक्रोफाइनान्सबाट ३६० अमेरिकी डलर कर्जा लिएर काम सुरु गरे । अहिले उनको लगानी छ गुणा भएको छ । त्यो पैसा उनले आफ्नो परिवारका लागि पोषणयुक्त खाना र छोराको पढाईका लागि खर्च गरिरहेका छन् ।

Marcelino Lopez, Colombia

लोपेज र उसको परिवार कोलम्बियाको बेरियो नेल्सन मण्डेलामा एउटा प्लास्टिकको टेन्टमा जीवन विताइरहेका थिए । उनको नाममा जम्मा ३०० अमेकिी डलर थियो । गुरिल्लाको हमलाका कारण शरणार्थी क्याम्पमा सारिएपछि उनले फाउन्डेसन मारियो सेन्टो डोमिङ्गोबाट ९५ अमेरिकी डलर कर्जा लिए र एउटा सानो स्टोर खोले । एक वर्षपछि आफ्नो परिवारका साथमा उनी बरियोको एउटा घरमा सरे, जहाँ उनले एउटा सफल मासु पसल चलाउन थाले ।

Nadya Felah, Jordan

नद्यालाई पालेबाट एक सफल महिला व्यवसायी बन्न द माइक्रोफण्ड फर वुमनले मद्दत गर्यो । उक्त फण्डबाट कर्जा लिएर उनले ग्यास सिलिण्डर विक्रीको व्यवसाय थालिन् र सिलिन्डर डेलिभरीका लागि दुई वटा कार किनिन् । दुई वर्षमा उनले आठ जनालाई फुल टाइम रोजगारी दिने हैसियत बनाइन्, सरकारी कन्ट्राक्ट हासिल गरिन् र आफूबाहेक सात वटा परिवारलाई सहयोग गरिन् । साथमा ग्यास विक्रेताहरुको युनियन पनि चलाइरहेकी छिन् ।

Lidia Calzado, U.S.

सबै माइक्रोफाइनान्सका सफल कहानीहरु गाउँमा वा तेस्रो मुलुकहरुमा हुँदैन । लिडियाले एस्सन सान डीगोबाट १० हजार अमेरिकी डलर कर्जा लिएर गहना र पर्फ्युम विक्री व्यवसायलाई विस्तार गरिन् । अब उनी आप्रवासी महिलाहरुका लागि समाजेवाको काम गर्न सक्षम भएकी छिन् । उनी आफैँ क्युबाबाट अमेरिका गएकी थिइन्, जतिबेला उनलाई अंग्रेजी बोल्न आउँदैनथ्यो र अमेरिकाको कानुनका बारेमार अलिकति पनि जानकारी थिएन ।

Joyce Wafukho, Kenya

आफ्नो ससनो बचतबाट जोयसले सन् १९९४ मा एउटा हार्डवेयर स्टोर खोलिन् । पुँजी अभावका करण थोरै सामानमात्रै बेच्न सकिन् । पाँच वर्षपछि कर्जाले थिचेपछि उनले केन्या वुमन फाइनान्स ट्रष्टबाट ६८० अमेरिकी डलर कर्जा लिइन् । त्यसपछि उनले थप पाँच पटक कर्जा लिइसकेकी छिन् । जसबाट उनले २५ जना अफ्रिकीलाई फुट टाइम जागीर दिएकी छिन् । पुराना सामान किनेर विक्री गर्ने काम पनि सुरु गरेकी छिन् । अहिले उनको व्यवसाय २७ हजार अमेरिकी डलर बराबरको भएको छ । अहिले उनी आफ्ना सन्तनको स्वास्थ्य र शिक्षा मात्रै नभएर बहिनीको मास्टर डिग्रीका लागि पनि खर्च गर्न सक्ने भएकी छिन् ।

Parveen Baji, Pakistan
कास्फ फाउन्डेसनको ७० अमेरिकी डलर कर्जाले पर्विनको जिन्दगी बदलियो । नौ सन्तानकी अशिक्षित आमा र हिंस्रक एवम् कुलतमा फसेको पतिकी पत्नी पर्विनले छिमेकीसँग खाना मागेर खानुपर्ने दिनसम्म देखिन् । कर्जा लिएर गहना फसल खोलेपछि छिटै नै उनको जीवनमा सुधार आयो । अहिले उनी रेष्टुरेन्ट र क्याटरिङ व्यवसाय पनि सम्हाल्छिन्, जहाँ आठ जना कामदार छन् । आफ्ना सन्तानका उच्च शिक्षा दिन उनी सफल भएकी छिन् । माइक्रोफाइनान्सले मेरो जीवन बदल्यो, उनी भन्छिन् ।

Bernard McGraw, U.S.

न्यु अर्लिन्समा आएको आँधीका कारण घरबारविहीन भएका बर्नार्ड बेरोजगार थिए । आफ्नो परिवारलाई टेक्ससको सान एन्टोनियोमा राखेर उनले कजुन रेस्टुरेन्ट खोले । द बाप्टिस्ट युनिभर्सिटीले कलेजमा उक्त रेस्टुरेन्ट चलाउन भनेपछि उनले एस्सन टेक्सस लुसियानाबाट चार हजार दुई सय ६५ अमेकिी डलर कर्जा लिएर व्यवसाय सुरु गरे र पार्ट टाइम कामदार राखे । अहिले उनी प्रतिदिन १०० भन्दा बढी ग्राहकलाई सेवा दिन्छन् । उनले घरबारविहीनलाई खाना खुवाउने अभियान पनि चलाएका छन् ।

Likelesh Gebru, Ethiopia

आफ्नो श्रीमानको सानो कमाईमा सघाउन पाँच सन्तानकी आमा लाइकलेशले एउटा सानो ट्रेडिङ विजनेस सुरु गरिन् । चार वर्षका लागि श्रीमान् जेल परेपछि उनी एक्लैले परिवार सम्हाल्नुपर्यो । उनले विसडम माइक्रोफाइनान्सबाट १० वर्षमा ११ पटक कर्जा लिएर आफ्नो व्यवसायलाई निकै विस्तार गरिन् । उनको कमाईले अहिले आफ्ना सन्तानका साथमा आपन्तका सन्तानलाई पनि पढाईको खर्च पुगेको छ ।

Bodour Al- Jayousi, Jordan

बुबाआमाको डिभोर्स भएपछि १५ वर्षको उमेरमै बोडोरले स्कुल छोडेर बुबालाई गहाना व्यापारमा सघाउनुपर्यो । माइक्रोफण्ड फर वुमनबाट दुई पटक कर्जा लिएर व्यापार फस्टायो । यद्यपि, बुबासँगको विवादका कारण उनले व्यापार छोड्नुपर्यो । सोही फण्डबाट लिएको तेस्रो कर्जाबाट उनले एउटा हेयर सलुन खोलिन्, जसबाट मासिक ३५० अमेरिकी डलर मात्रै कमाई हुन्थ्यो । अहिले उनले १२ जनालाई रोजगारी दिनुका साथै आफ्नी अपाङ्ग बहिनीलाई पनि सहयोग गरिरहेकी छिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]