September 10th, 2019

स्वदेशी लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, २६० विद्यार्थी सहभागी

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लि. को पोखरा—२६, अर्घौ शाखाले वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । श्री लक्ष्मी मा वि तथा जुनियर सिटिजन एकेडेमी स्कुलका कक्षा ९ र १०मा अध्ययनरत २६० जना विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुविधाको साथै वित्तीय साक्षरताको अर्थ, आवश्यकता र महत्व, नोटको जतन, पैसालाई कसरी सदुपयोग गर्ने, आम्दानी, खर्च, बचत, कर्जा, बैंकको प्रकार, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल र भिडियो प्रर्दशनीमार्फत जानकारी गराईएको थियो ।

कार्यक्रममा पोखरा—२६, अर्घौ शाखाका शाखा प्रबन्धक प्रभात किरण पौडेल र केन्द्रीय कार्यालयबाट सामाजिक परिचालक संगीता पाठकको उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै दुवै स्कुलका प्रधानाध्यापकले विद्यार्थीलाई सचेत गराई महत्वपुर्ण ज्ञान प्रदान गर्न मद्दत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा निरन्तर गर्न आवश्यक रहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]