Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्धारा कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०७६ भाद्र १८ गते


बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनमा मिर्मिरे र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु सम्मिलित फिल्ड कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिइएको दुई दिने तालिममा २ वटा संस्थाका ३५ जाना फिल्ड कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तालिममा केन्द्रीय कार्यलयका प्रमुख कार्यकारी अधिकृत बिर्ख व. वोहरा, कर्जा असुलि तथा व्यवस्थापन विभाग प्रमुख बेद प्र. आर्चाय, सामाजिक विकास तथा तालिम विभाग प्रमुख बिकल काफ्ले, सुचना प्रविधि विभाग प्रमुख मनिष श्रेष्ठ लगायतको उपस्थीती रहेको थियो ।
तालिम कार्यक्रमा फिल्डका कर्मचारीले लघुवित्त भनेको के हो ?, व्यवसाय विस्तार, फिल्ड कर्मचारीको काम कर्तव्य र अधिकार, वित्तीय साक्षरता, सामाजिक उतरदायित्व, केन्द्र व्यवस्थापन, गुणस्तरीय कर्जा लगानी, जोखिममा रहेका कर्जा व्यवस्थापन, बचतको महत्व, जोखिम व्यवस्थापन, लेखा तथा कार्यालय व्यवस्थापन, सूचना प्रविधि, व्यक्तित्व विकास तथा उत्प्रेरणा सम्वन्धि तालिम प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत बिर्ख व. वोहराले तालिम मार्फत कर्मचारीहरुको दक्षतामा अभिबृद्धि भई ग्राहक सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी हुने विश्वास लिएको बताए ।

 

Ad