भारित औसत लागत विधिबाट लाभकर गणना गर्न सिडिएससीको नयाँ सफ्टवेयर

बैंकिङ खबर । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाका लागि नयाँ सफ्टवेयरको परीक्षण सुरु गरेको छ । हाल मेरो सेयर प्रयोग गरिरहेका साढे ५ लाख हाराहारीमा रहेका लगानीकर्ताहरुले यसको परीक्षणलगर्न सक्नेछन् ।

सीडीएससीले मेरो सेयर सफ्टवेयर प्रयोग गर्नेहरुलाई यसको प्रयोग गर्न र कुनै समस्या तथा सुझाव दिन समेत आग्रह गरेको छ । सिडिएससीले यो सफ्टवेयर परीक्षणका क्रममा देखा पर्न सक्ने विभिन्न समस्याहरुलाई तत्काल समाधान गरी नयाँ सेवा सहितको मेरो सेयर तथा शीर्घ सञ्चालनमा ल्याउने समेत प्रतिबद्धता जनाएको छ ।

परीक्षण काल सकिएपछि यो सफ्टवेयर पूर्ण प्रयोगमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.