September 1st, 2019

‘सर्बसाधारणको निक्षेप सुरक्षित छ’ – राष्ट्र बैंक

 बैंकिङ खबर । एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिकेको भएपनि सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चिनियाँ ह्याकरहरुले ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गरेपछि एटीएम सेवा समेत केहीसमय अबरुद्ध भएको थियो । हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले सर्बसाधारणको रकममा कुनै फरक नपर्ने भन्दै व्यक्तिगत खाताका सबै रकम सुरक्षित भएको बताएका छन् । सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको उनले बताए ।

यता रकम चोरी गर्दागर्दै सूचना पाएका कारण ठूलो नोक्सानी हुन नपाएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताएका छन् । भिसा सिस्टमबाटै स्वीकृति लिएर पैसा निकालेको उनले बताए । एटीएमबाट चोरी भएको रकम कुनै व्यक्तिगत खाताबाट नभएको पनि बताए । यसबाट निक्षेपकर्ता आत्तिन नपर्ने उनको भनाई छ । चिनियाँ गिरोहबाट रकम लुटीने खतरालाई मध्यनजर गर्दै शनिबार रातिबाटै बैंकहरुको सर्भर डाउन गरिएको उनले बताएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]