बैंकिङ खबर । “बषैभरी व्यवसायिक रुपमा तरकारी फलाऊँ, आफु खाऊँ, बेचौं पैसा कमाउ र आत्म निर्भर बनौँ भन्ने उद्देश्यका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौँमा पाँच दिने व्यवासायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।
संस्थाको काठमाडौँ क्षेत्रीय कार्यालयले आयोजना गरेको तालिममा विभिन्न ११ वटा शाखाका २६ जनाको सहभागीता रहेको थियो । भाद्र ४ देखि ८ गतेसम्म संचालन भएको तालिममा ५ जना कृषि विज्ञ प्रशिक्षकहरुले सहजीकरण गरेका थिए ।
तालिम प्रयोगात्मक रुपमा संचालन भएको थियो । किसानकै खेतमै गएर सिक्न पाउँदा सहभागीहरु उत्साहित भएका थिए । तालिम पश्चात तरकारी खेतीलाई व्यवसायिक रुपमा अगाडी बढाउने सहभागीहरुले प्रतिवद्धता गरेका छन् ।