Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तका २६ जना केन्द्र परिचालकले पाए क्षमता अभिवृद्धि तालिम

२०७६ भाद्र ८ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाको आयोजनामा “Capacity Building Training for Center Mobilizer” सम्पन्न भएको छ । बिभिन्न १९ वटा शाखा कार्यालयका २६ जना केन्द्र परिचालकहरुको उपस्थिती रहेको तालिममा केन्द्र बैठक संचालनमा केन्द्र परिचालकको भुमिका र सदस्य तथा ऋणी बृद्धि गर्ने तरिका बारेमा कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदीले कक्षा संचालन गरेका थिए भने अर्का कार्यक्रम अधिकृत पुर्ण बहादुर खड्काले सहभागीहरुलाई परियोजना बिश्लेषण तथा कर्जा सदुपयोगिता बारेमा प्रस्तुतिकरण गरेका थिए ।

क्षेत्रीय कार्यालयका प्रवन्धक शम्भु न्यौपानेले गत बर्षको केन्द्र परिचालकहरुको कार्यसम्पादन बारेमा प्रस्तुती दिंदै गत बर्ष राम्रो कार्यसम्पादन गर्ने केन्द्र परिचालकहरु सरिता कूमारी थारु, सोनी थारु र लक्ष्मी न्यौपानेलाई हौसला स्वरुप मायाको चिनो प्रदान गरे । केन्द्रीय कार्यालयका ब्यवस्थापक जग्य प्रसाद पन्तले अबको युग भनेको प्रबिधिको युग भएकाले केन्द्रको कारोबार ट्याबलेटको माध्यमबाट गर्दा हिसाब किताबमा शुद्धता आउने र कार्य सम्पादन छिटो छरितो हुने बताए ।

केन्द्रीय कार्यालय तालिम बिभागका प्रमुख लक्ष्मी पति काफ्लेले २०४९ साल चैत्र १ गते १० जना ग्राहकबाट बिधिबत कर्जा लगानी गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २०७६ असार मसान्त सम्ममा ३५५९४७ जना सदस्य समूहमा आवद्ध गराई आफ्नो वित्तीय तथा गैर वित्तीय सेवाहरु प्रवाह गरिरहेको जानकारी गराए । हाल निर्धन उत्थान लघुबित्तको रु. १९ अर्व ६४ करोड लगानीमा रहेको, रु. ११ अर्व ५ करोड ग्राहकहरुको बचत तथा निक्षेप संस्थामा रहेको र नपुग लगानीको स्रोत बिभिन्न बैंक वित्तीय संस्थाबाट कर्जा सापटी दिई ग्राहकहरुको आवश्यकता पुरा गर्दै आएको समेत उनले बताए । पछिल्लो समयमा लघुवित्त क्षेत्रमा तिब्र प्रतिष्पर्धा रहेको र एकै ग्राहकले ढाँटेर धेरै संस्थाबाट कर्जा कारोबार गर्ने गरेकाले कर्जा जोखिम बढेको भन्दै उनले कर्जा जोखिम बढ्न नदिन सबै कर्मचारीले आफ्नो ग्राहक सदस्यको सुक्ष्म निगरानी र प्रभावकारी कर्जा बिश्लेषण गर्नुपर्ने धारणा राखे ।

सहभागीका तर्फबाट केन्द्र परिचालकहरु लक्ष्मी न्यौपाने, गंगा कुमारी थापा र लक्ष्मण गुप्ताले यस किसिमको तालिममा आफुंहरुले धेरै कुराहरु सिक्ने मौका पाएको बताउंदै आगामी दिनमा थप तालिम हरुको आयोजना भएमा कार्यसंपादनमा सुधार भई लक्ष्य उन्मुख भई कार्य गर्न प्रेरणा मिल्ने बताए ।

Ad