बैंकिङ खबर । गत साउन ८ गतेदेखि खुला रहेको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको निष्काशन आगामी विशीबार बन्द हुने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले १० करोड ६२ लाख ५० हजार कित्ता (इकाई) को निष्काशन तथा बिक्री गरिरहेको छ, जसमा न्यूनतम १ हजार देखि साढे १७ करोड रुपैयाँसम्म आवेदन बुझाउन सक्ने व्यवस्था गरिएको छ ।
यो एनआईसी एशिया बैक म्युचुअल फण्ड अन्र्तगत संचालन हुने दोश्रो बन्दमुखी योजना हो, जसको प्रति कित्ता १० रुपैयाँका दरले १२ करोड ५० लाख कित्ताको १५ प्रतिशत ईकाई कोष प्रवद्र्धकका लागि छुट्याइएको छ । बाँकी ईकाईका लागि आवेदन खुला रहेको छ । यसका लागि यही भदौ ५ गते बैंकिङ समयभित्र सीआस्वा वा मेरो सेयरमार्फत आवेदन दिइसक्नुपर्नेछ ।
एकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।