Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१३ वाणिज्य बैंकको नाफा २७ अर्ब माथि, कुनले कति कमायो ?

२०७६ श्रावण २३ गते

बैंकिङ खबर । १३ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षमा कुल २७ अर्ब ६९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । एभरेष्ट, ग्लोबल आईएमई, माछापूच्छ्रे, नेपाल एसबीआई, कृषि विकास, कुमारी, लक्ष्मी, सिद्धार्थ, सानिमा, प्रभु, सिटिजन्स, बैंक अफ काठमाण्डू र नेपाल बैंकले उक्त नाफा कमाएका छन् ।

कुन बैंकको नाफा कति ?
वित्तीय विवरण सार्वजनिक गरेका १३ वाणिज्य बैंकमध्ये, सबैभन्दा धेरै नाफा कृषि विकास बैंकको छ भने सबैभन्दा कम कुमारी बैंकको छ । हेरौँ, १२ वटै बैंकको नाफा विवरणः
कृषि विकास बैंकः चार अर्ब ३५ करोड रुपैयाँ
एभरेष्ट बैंकः तीन अर्ब चार करोड रुपैयाँ
ग्लोबल आईएमई बैंकः दुई अर्ब ७९ करोड रुपैयाँ
नेपाल बैंकः दुई अर्ब ६१ करोड रुपैयाँ
सिद्धार्थ बैंकः दुई अर्ब ३० करोड रुपैयाँ
नेपाल एसबीआई बैंकः दुई अर्ब ३० करोड रुपैयाँ
सानिमा बैंकः दुई अर्ब २४ करोड रुपैयाँ
प्रभु बैंकः दुई अर्ब पाँच करोड रुपैयाँ
बैंक अफ काठमाण्डूः एक अर्ब ९३ करोड रुपैयाँ
माछापूच्छ्रे बैंकः एक अर्ब ७० करोड रुपैयाँ
लक्ष्मी बैंकः एक अर्ब ५७ करोड रुपैयाँ
सिटिजन्स बैंक इन्टरनेसनलः एक अर्ब ४८ करोड रुपैयाँ
कुमारी बैंकः एक अर्ब ३३ करोड रुपैयाँ

Ad