बैंकिङ खबर । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व. २०७५/०७६ को समिक्षा बैठक सम्पन्न भएको छ । प्रदेश नं. ५ स्थित बाँकेको कोहलपुरमा सम्पन्न बैठकमा प्रदेश नं. ५, ६ र ७ प्रदेशका २३ शाखाका शाखा प्रबन्धक सहभागी थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले खासमा आर्थिक क्रान्ति लघुवित्तले गरेको भन्दै अबको लघुवित्त कार्यक्रम प्रविधीमैत्री हुनुपर्नेमा जोड दिए ।
कर्जा जोखिम तथा असुली विभाग प्रमुख प्रेम सुबेदीले लघुवित्तले सबैभन्दा गरिव तथा सर्बहारा बर्गमा सेवा पुर्याई आर्थिक समृद्धि ल्याउन सकिने बताए ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एनएमबी लघुवित्तका हाल १०० शाखा संचालनमा छन् । चालू आर्थिक वर्षमा २३ शाखा थप गर्ने लघुवित्तको लक्ष्य छ ।