Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मृतक सदस्यका परिवारलाई निर्धन उत्थान लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण

२०७६ श्रावण १३ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सिराहास्थित बन्दिपुर शाखाले आफूसँग कारोबार गर्दै आएको सदस्यको मृत्यु उपरान्त बीमा रकम हस्तानान्तरण गरेको छ ।

कर्जन्हा नगरपालिका वडा नं. २ बजारटोल निवासी राजो देबी मण्डलको कालगतीले मृत्यु भएपछि मृतकका का छोरा गंगा राम मण्डललाई बीमावापत एक लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । उक्त रकम बैंकका शाखा प्रमुख हरि नारायण यादब तथा लेखापाल बैजनाथ शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

हालसम्म यस शाखाले १३ जनालाई बीमा रकम बितरण गरिसकेको बैंकका लेखापाल बैजनाथ शर्मा बताए ।

Ad