Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन

२०७६ श्रावण १२ गते

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सुर्खेत, पश्चिम रुकुम र जाजरकोट जिल्लामा रहेका ७ वटा शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरुलाई फिल्ड सहायक स्तरीय फिल्ड व्यवस्थापन तालिम सम्पन गरेको छ ।

केन्द्र व्यवस्थापन तथा ग्राहक संरक्षण सम्बन्धमा संस्थाका आन्तरिक लेखा परिक्षण विभाग तथा अनुगमन बिभाग प्रमुख बिमल खनालले, जनसम्पर्क तथा केन्द्र निर्माण सम्बन्धमा अनुगमन अधिकृत कौशल खड्काले, सामाजीक उतरदायित्व सम्बन्धमा संस्थाको आन्तरिक लेखा परिक्षण विभागमा कार्यरत सहायक अधिकृत प्रमिश लोहनी र उत्प्रेरणा शिक्षा सम्बन्धमा बाङ्गेसिमल शाखा कार्यालयका शाखा प्रमुख विनिता के.सिले तालिम दिएका हुन् ।

संस्थाले तालिम मार्फत कर्मचारीहरुको दक्षतामा बृद्धि भई ग्राहक सदस्यहरुलाई प्रदान गरिने सेवा सुविधामा थप प्रभावकारी हुने विश्वास लिएको छ ।

संस्थाले २०७६ अषाढ मसान्त सम्ममा १ अरव ५८ करोड कर्जा प्रवाह गरेको छ भने ४७ करोड वचत संकलन गरी ५७ वटा शाखा कार्यालयवाट ४१००० ग्राहक सदस्यलाई सेवा दिँदै आएको छ ।

Ad