Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनआईसी एशिया ग्रोथ फण्डका ईकाइधनीहरुले १० प्रतिशत लाभांश पाउने

२०७६ श्रावण १० गते

बैंकिङ खबर । एनआईसी एशिया ग्रोथ फण्डका ईकाइधनीहरुले १० प्रतिशत (करसहित)का दरले हुन आउने आठ करोड ३५ लाख २० हजार रुपैयाँ नगद लाभांश पाउने भएका छन् । एनआईसी एशिया क्यापिटल लिमिटेडको शुक्रबार बसेको संचालक समितिको ६१औँ वैठकले आर्थिक वर्ष २०७५।७६ का लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनआईसी एशिया ग्रोथ फण्ड एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो योजना हो । दोस्रो योजना एनआईसी एशिया ब्यालेन्स्ड फण्डको १० रुपैयाँ दरका १२ करोड ५० लाख ईकाई गत बुधबारदेखि निष्काशन तथा विक्री खुला गरेको छ ।

Ad