Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनसेवी लघुवित्तको मुनाफा ३८० प्रतिशतले बढ्यो

२०७६ श्रावण ८ गते

बैंकिङ खबर । जनसेवी लघुवित्तको नाफा ३८० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४।७५ मा ६० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तले आर्थिक वर्ष २०७५।७६ मा दुई करोड २९ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको हो । दुई करोड १० लाख रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको लघुवित्तले लक्ष्यभन्दा नौ प्रतिशत नाफा कमाउन सफल भएको देखिन्छ ।

आर्थिक वर्ष २०७५।७६ को अन्तसम्ममा जनसेवीको लगानीमा ६६ करोड ११ लाख कर्जा रहेको छ भने १७ हजार सदस्यलाई आवद्ध गराई १९ करोड ६३ लाख रुपैयाँ बचत रकम संकलन गरेको छ । एक वर्षमा चार वटा शाखा थप गरी २५ वटा कार्यालयहरु मार्फत सेवा विस्तार गर्दै आईरहेको यो वित्तीय संस्था कालिका लघुवित्त संगको मर्जर प्रकृयामा लगभग अन्तिम अवस्थामा रहेको प्रमूख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

सर्वसाधारणमा सेयर जारी गरेर संस्थाले चुक्तापुँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ पुर्याएको छ ।

Ad