बैंकिङ खबर । “सिप सिकौ रोजगारी वनौ” भन्ने उद्देश्यका साथ छिमेक लघुवित्तको स्वर्गद्वारी ४स्थित भिंगृ शाखाले तीन दिने चुरा बनाउने तालिम दिएको छ । प्युठान र रोल्पा जिल्लाका ४१ जना महिलाहरुको सहभागीमा तालिम सम्पन्न गरिएको हो ।
सदस्यको माग र वजार वमोजिम वार्षिक रुपमा कम्तिमा पनि तीन वटा व्यवसायिक तालिम दिने गरेको शाखाका प्रवन्धक तेजमणी लोहनीले जानकारी दिए । हाल सो शाखामा कुल १९१३ जना सदस्य रहेका छन् ।