July 14th, 2019

स्पर्स लघुवित्त तेस्रो बर्षमा, छात्रवृत्ति वितरण गरी मनायो वार्षिकोत्सव

बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल सञ्चालनमा रहेका विभिन्न २० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरुका ८४ जना विपन्न परिवारका छोरीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । यसका साथै शाखा कार्यालयहरु आसपासका विभिन्न सामुदायिक विद्यालयहरुका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण, नगर–टोल सरसफाई कार्यक्रम, वृद्धवृद्धाहरुलाई फलफुल वितरण तथा फरक रुपमा सवल व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय, विजयपुरले पोखरा महानगरपालिका–२७, मा अवस्थित सृजना बहिरा आवासीय विद्यालयलाई आवश्यक कार्र्यालय तथा शैक्षिक सामाग्री लगायत खेलकुदका समाग्रीहरु समेत वितरण गरेको छ । सो अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल करिव १६ हजार घरधुरी माझ घरदैलोमा नै लघुवित्त सेवा प्रदान गर्दै गर्दा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि ध्यानमा राख्दै यस्तो किसिमको कार्यक्रमको आयोजना गरेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]