Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्याङजाको बिर्घामा आशा लघुवित्तद्वारा सीप मुलक तालिम सम्पन्न

२०७६ असार २७ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले सीपमुलक तालिम सम्पन्न गरेको छ । संस्थाले यहि आषाढ २४, २५ र २६ गते ३ दिने सीपमुलक तालिम संचालन गरेको थियो । जसमा संस्थाले शाखा कार्यलय बिर्घा स्याङजामा आबद्ध सदस्यहरु मध्ये ८१ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुनेसर्फ तथा साबुन बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै कालिगण्डकी गा.पा. वडा नं. ४ का अध्यक्ष चक्रपाणी पाण्डेले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने कुरा बताए । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने धारण राखेका थिए ।

यस्तै कार्यक्रममा संस्थाका निमित्त शाखा प्रमुख माधब प्रसाद पाण्डेले कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई त्यस क्षेत्रका विपन्न महिलारु?को आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।

संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १ हजार ५ सय ५६ जना विपन्न महिलाहरुलाई विभिन्न प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

२०७३ भाद्र १५ गतेबाट नुवाकोटबाट कारोबार शुरु गरेको वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४७ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरबाट ४८ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Ad