July 11th, 2019

निर्धनले दियो श्रीमानको मृत्यु पछि बिमा रकम

बैंकिङ खबर । निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड धरान स्थित शाखा कार्यालय पाँचकन्याले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ । धरान ६ स्थित सुन्दर समाजमा रहेको सुन्दर समाज महिला स्वावलम्बी समुहकी सदस्य मिना पूर्वछाने मगरलाई श्रीमानको मृत्यु बापतको रकम १४ हजार रुपैयाँ प्रदान गरेको हो ।

लघुवित्त संस्थाले स्थानीय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ ।

धरान ६ पानवारीका वडा सदस्य हरि राईले श्रीमान दिनेश कुमार पूर्वछाने मगरको निधन भएपछि मृतककी श्रीमती मिनालाई विहिबार एक कार्यक्रमको बिच क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेका हुन् ।

वडा सदस्य राईले लघुवित्त सस्थाले सदस्यलाई कर्जा लगानी गर्दा कर्जाको आधारमा आफ्ना सदस्यहरुको साथै सदस्यका श्रीमानको पनि जिवन बिमा गर्दा सदस्यको जोखीम बहन हुने र सानै रकम भए पनि पिडित पक्षलाई केहि राहत हुने भएकोले यस्तो काय गर्नु प्रशंसनीय भएको बताए ।

सँस्थाका शाखा कार्यालय पाँचकन्याका निमित्त शाखा प्रमुख अमर शाहीका अनूसार समुहका सदस्यले कर्जा लिए बापत बैकको बिमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको जानकारी दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]