July 11th, 2019

बिहिबार नेप्सेमा ४६ करोड रुपैयाँ बढीको कारोबार

लक्ष्मी बुढाथोकी, बैंकिङ खबर । साताको अन्तिम कारोबारका दिन विहिबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । विहिबार शेयर बजार ०.६२ अंकले घटेर १२४८.५३ विन्दुमा कारोबार बन्द हो ।

विहिबार बजारमा १७२ कम्पनीको १६ लाख ५४ हजार २३१ कित्ता शेयर ४६ करोड ३६ हजार रुपैयाँ भन्दा बढिमा खरिदबिक्री भएको छ ।
कारोबारको आधारमा भने आज नेपाल बैंकको शेयरले अग्रता लिएको छ । जसले ५२ करोड ९६ लाख २२ हजार रुपैयाँभन्दा बढिको शेयर कारोबार गरेको हो ।

त्यस्तै कारोबार रकमका आधारमा शिवम सिमेन्ट लिमिटेड र सिभिल बैंक लिमिटेड क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।
यसैगरी सबैभन्दा बढि नाफा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन् । संस्थाको प्रति शेयर मूल्य हाज ४.७३ प्रतिशतले बढेको छ । साथै मल्टिप्रर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । जसको प्रतिशेयर मूल्यमा ५.६८ प्रतिशतको गिरावट आएको छ ।

विहिबार कारोबार गरेका ११ समुहहरुमध्ये २ वटा समुहको परिसुचकमा मात्रै सुधार आएको छ । जसमा बैंकिङ र हाईड्रोपावर रहेको छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]