July 10th, 2019

बुधबार नेप्सेमा समान्य अंकको गिरावट

बैंकिङ खबर । साताको चौथो कारोबारका दिन शेयर बजारमा सामान्य अंकको गिरावट देखिएको छ । बुधबार नेपाल स्टकएक्सचेन्ज (नेप्से) १.१२ अंकले घटेर १२४९.९६ विन्दुमा कारोबार बन्द भएको हो ।

उक्त दिन बजारमा १६८ कम्पनीहरुको २९ लाख ९८ हजार ९४७ कित्ता शेयर ५७ करोड ३४ लाख ४७ हजार रुपैयाँ भन्दा बढीमा खरिद बिक्री भएको छ । कारोबारको आधारमा भने आज सिभिल बैंकको संस्थापक शेयरले अग्रता लिएको छ । जसले १७ करोड ५३ लाख ५९ हजार रुपैयाँ भन्दा बढिको शेयर कारोबार गरेको हो । त्यस्तै, कारोबार रकमका आधारमा दोस्रो र तेस्रोमा नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेड रहेको छ ।

यसैगरि सबै भन्दा बढी इन्फिनीटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबै कमाएका छन् । संस्थाको प्रतिशेयर मुल्य आज ९.९१ प्रतिशतले बढेको छ । साथैे सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएकमा छन् । जसको प्रतिशेयर मुल्यमा ९.६८ प्रतिशतको गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका ११ समुहमध्ये ३ वटा समुहको परिसुचकमा मात्रै सुधार आएको छ । जसमा बैंकिङ, माइक्रोफाइनान्स र जीवन विमा रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]