July 8th, 2019

१३० जना हावाहुरी पिडितलाई नेशनल माइक्रोफाइनान्सद्धारा राहत वितरण

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वितीय संस्थाको गेटा शाखाले बिनासकारी हवाहुरी प्रभावित सदस्यहरुको लागि राहत वितरण गरेको छ । समुह नं. ८४ की सदस्य रोमा देबी कटेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक निश्चल अधिकारीको प्रमुख आतिथ्यता र संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रमका बीच राहत वितरण गरिएको हो ।

कैलालीको गेटा शाखमा आवद्ध रहेका ग्राहक सदस्यहरु मध्ये १३० जना सदस्यहरुलाई जनही चामल १ बोरा, दाल ३ किलो, तेल ३ लिटर, नुन १ पोका, हल्दी १ पोका, र मिक्स मसाला १ पोका समाग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]