निर्धन उत्थान लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बारास्थित सिम्रौनगढ शाखाले आफूसँग कारोबार गर्दै आएको सदस्यका मृत्यु उपरान्त बीमा रकम हस्तानान्तरण गरेको छ ।

मौलापुर नगरपालिका वडा नं. ८ सोनरनिया निवासी सुदामा देबीको कालगतीले मृत्यु भएपछि मृतकका पति छोटेलाल हजरालाई बीमावापत ६५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । उक्त रकम बैंकका शाखा प्रमुख हसमुदिन मियाले हस्तान्तरण गरेका थिए ।

हालसम्म यस शाखाले ३१ जनालाई रु. २८ लाख ८२ हजार १ सय २९ रकम बितरण गरिसकेको बैंकका लेखापाल दिपक कुमार हरिजनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.