
मनोज ज्ञावली । वर्तमान गभर्नर चिरञ्जीवी नेपाल राष्ट्र बैंकमा २०७१ साल चैत ८ गते गभर्नर पदमा नियुक्त ४ बर्षको लागि हुनुभएको थियो । उहाँको कार्यकाल सकिन केही महिना मात्र बाँकी छ । उहाँको कार्यकालमा के उपलब्धी देखिन्छ भनेर सोच्यो भने गज्जबको सफल समिक्षा कार्यकाल अवधीको हुने देखिन्छ । पूँजी वृद्धिसंगै व्यवसाय वृद्धिको चापले गर्दा बैकर्सहरुले भोगेका समस्या, ब्याजदरको वृद्धि र त्यसको असर बाहेकका परिसुचकहरु अत्यन्त उत्साहप्रद छन् । जसलाई निम्न अनुसार हेर्न सकिन्छ :
२०७१ साल फागुन देखि २०७६ वैशाख सम्म
| क्र.स. | विषय | २०७१ फागुन | २०७६ वैशाख | अन्तर | कैफियत |
| १. | बैंकहरुको कुल शाखा | २,६९२ | ४,८०० | २,१०८ | वृद्धि |
| २. | कुल निक्षेप ग्राहक खाता | १.४ करोड | २.७ करोड | १.३ करोेड | वृद्धि |
| ३. | कुल कर्जा ग्राहक खाता | ९.८७ लाख | १४.२८ लाख | ४.४२ करोड | वृद्धि |
| ४. | कुल एटिएम | १,६८७ | ३,१८८ | १,५०१ | वृद्धि |
| ५. | निक्षेपको औषत लागत | ३.७९% | ६.६७ % | २.८८ % | वृद्धि |
| ६. | कर्जाको औषत ब्याजदर | ९.५८% | १२.२२% | २.६४% | वृद्धि |
| ७. | खराब कर्जा/ कुल कर्जा | ३.५० % | १.८३ % | १.६७ | ह्रास |
| ८. | कुल कर्जा | १२.७९ खर्ब | २८.५६ खर्ब | १५.७७ खर्ब | वृद्धि |
| ९. | कुल निक्षेप | १५.८५ खर्ब | ३१.६१ खर्ब | १५.७६ खर्ब | वृद्धि |
| १०. | चुक्ता पुँजी | १.४ खर्ब | ३.०३ खर्ब | १.६३ खर्ब | वृद्धि |
| ११. | पुँजीकोष | १.८ खर्ब | ४.४६ खर्ब | २.६६ खर्ब | वृद्धि |
| १२. | बैंक वित्तीय संस्थाका संख्या | १९४ | १७५ | १९ | ह्रास |
| १३. | क वर्गका बैंकको संख्या | ३० | २८ | २ | ह्रास |
| १४. | ख वर्गका बैंकको संख्या | ८१ | ३२ | ४९ | ह्रास |
| १५. | ग वर्गका वित्तीय संस्थाको संख्या | ४८ | २४ | २४ | ह्रास |
| १६. | घ वर्गका वित्तीय संस्थाको संख्या | ३५ | ९१ | ५६ | वृद्धि |
स्रोत नेपाल राष्ट्र बैंक
यसरी वर्तमान गभर्नर डा. नेपालको यो चार बर्ष चार महिनाको कार्यकाललाई समिक्षा ग¥यो भने नेपाल राष्ट्र बैंकले आफ्नो उदेश्यमा महत्वपूर्ण सफलता हासिल गरेको देखिन्छ जसमा
वित्तीय पहुँच
बैंकिङको इतिहासलाई हेर्ने हो भने, बैंक तथा वित्तीय संस्थाका शाखाहरु सात दशक पुग्नै लाग्दा जति खुलेका थिएनन, विगत ४ बर्षमा त्यति धेरैको संख्यामा खुलेका छन् । देशका दुर दराजमा समेत शाखाहरु पुगे २३ स्थानिय निकाय देखि बाहेक सबै स्थानियतहमा वित्तीय पहुँच पुग्यो । त्यो पनि वर्तमान गभर्नर ज्युको कार्यकाल मै पुग्ने देखिन्छ । बैकिङ क्षेत्रको ७ दशक भन्दा बढिको ईतिहासमा बिगत ६८ बर्षमा खुलेका निक्षेप खाताहरुकै हाराहारी यो ४ बर्षमा खुले भने कर्जा र निक्षेपको वृद्धि सोहि अनुपातमा भएको छ ।
२. ठूलो पूँजीकोष
बिगतमा पनि पूँजी वृद्धिका हल्ला नआएका होईनन र कोशिस पनि नगरिएको होईन । वाणिज्य बैंकहरुको ५ अर्ब रुपैयाँ सम्म बढाउन सकिएको थिएन । वर्तमान गभर्नरले खासै कोहिसंग सर–सल्लाह नगरी ४ गुणा पूँजी वृद्धिको लक्ष्य र निति लिए बमोजीम सबै बैंक तथा वित्तीय संस्थाहरुले सहजै पुर्याए या पुर्याउन सहयोगी बने । यसरी बैंक तथा वित्तीय संस्थाहरुको पूँजीको आधार एकै चोटि ठूलो भई जोखिम लिन र बहन सक्ने क्षमतामा वृद्धि भयो । १.८ खर्बको पूँजीकोष वृद्धि भई ४.४६ खर्ब रुपैयाँमा पुग्यो ।
३. बित्तीय स्थायित्वको लागी वित्तीय संगठन (फाइनान्सियल कान्सोलिडेसन)
वाणिज्य बैंकहरु २ वटा मात्रै घटे पनि, विकास बैंकहरु २÷३ कै हाराहारी र फाईनान्स कम्पनीहरु आधा घटे यसरी वित्तीय संगठन बढाउदै लगेर पनि वित्तीय पहुँच राष्ट्र बैक सक्षम भयो । हाल १२३ वटा संस्थाहरु अरु संस्थासंग गाभिएर वा खारेजीमा गएका छन ।
यो बाहेक टेक्नोलोजि, क्लियरिङ्ग र सेटलमेन्ट का क्षेत्रमापनि धेरै कामहरु भएका छन् । व्यवसाय वृद्धि भएर दोब्बर हुदा पनि खराब कर्जा घटेर आधा जस्तो भएको छ । पूँजी वृद्धिसंगै व्यवसाय वृद्धिको होडवाजीले ब्याजदरमा भएको वृद्धि र यसले ल्याएका नकारात्मक परिणाम बाहेक यी चार बर्ष बैकिङलाई सुखद देखिन्छन ।
समय ले साथ दियो, समयको माग भयो या जे भनेर भन्दा पनि यी तथ्यगत कुराको उपलब्धी वर्तमान गभर्नरको पाला मै भएको देखिन्छ । अब अझै हतारिएर मर्जरर एक्विजीसनलाई फोर्सफूल्ली गर्न खोज्दा पनि यिनी परिणामहरुमा गर्व गर्ने ठाँउ यथावतै रहोस भन्ने सोचका साथ मर्जरको पक्षमा र होसियारी अपनाउनु देखिन्छ ।