Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चिरायु हस्पिटलमा पनि एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले छुट पाउने

२०७६ असार २० गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले काठमाडौँको बसुन्धरामा रहेको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा.लि.मा पनि छुट पाउने भएका छन् । यस सम्बन्धमा हस्पिटल र बैंकबीच औपचारिक सम्झौता भएको छ ।

सम्झौता अनुसार, बैंकका कर्मचारीले चिरायुमा उपचार विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउनेछन् भने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

बैंकले उपत्यकाभित्र र बाहिरका अन्य थुप्रै हस्पिटलहरुसँग यस्तो सम्झौता गरी ग्राहक तथा कर्मचारीलाई सुविधा प्रदान गरिरहेको छ ।

Ad