बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंक लिमिटेडको “१०.२५% एनबिबिएल डिबेन्चर २०८५” को बाँडफाँड सम्पन्न भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको आठ लाख कित्ता ऋणपत्रका लागि ८३४ जना आवेदकबाट एक लाख २६ हजार नौ सय २८ कित्ताका लागि आवेदन परेकोमा ६९५ जानले माग गरेबमोजिम ऋणपत्र पाएका छन् । बाँकी १३९ जना आवेदकबाट परेको १२ हजार एक सय ५० कित्ताको आवेदन रद्द गरिएको विक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।
नविलका अनुसार, ६९५ जनालाई मागअनुसार एक लाख १४ हजार सात सय ७८ कित्ता बाँडफाँड गरेपछि बाँकी छ लाख ८५ हजार दुई सय २२ कित्ता सेयर र व्यक्तिगत तवरबाट आवेदन गरिएको १२ लाख कित्ता गरी कुल १८ लाख ८५ हजार दुई सय २२ कित्ता ऋणपत्र २७ योग्य आवेदकलाई वितरण गरिएको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा २० लाख कित्ता ऋणपत्र सर्वसाधारण र व्यक्तिगत तवरमा जेठ १० गतेदेखि असार ८ गतेसम्म निष्काशन गरेको थियो । सोमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल एक अर्ब २० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवर बाट तथा ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. ८० करोड ऋणपूँजी रकम (५% अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।