July 4th, 2019

कैलालीका हावाहुरी प्रभावितलाई मिर्मिरे लघुवित्तद्धारा राहत वितरण

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत जेष्ठ १९ र २३ गते आएको बिनासकारी हावाहुरीबाट प्रवाभित कैलाली जिल्ला कैलारी गाउँपालिकाको हसुलिया शाखामा आबद्ध सदस्यहरुलाई राहत वितरण गरेको छ । शाखा प्रबन्धक चक्र बहादुर बि.क. र शाखामा कार्यरत सम्पूर्ण कर्मचारीको उपस्थितीमा राहत वितरण गरिएको छ ।

सो अवसरमा बोल्दै हसुलिया शाखाका प्रबन्धक बि.क.ले मिर्मिरे लघुवित बित्तीय संस्थामा आवद्ध सदस्यहरुलाई हरेक सुख–दुःखमा साथ दिने र दिईरहेको बताए । संस्थाले सदस्यको बच्चा जन्म हुदा सुत्केरी सुविधा, मृत्यु हुँदा काजक्रिया, प्राकृितक प्रकोप राहत सुविधा र सदस्यको मृत्यु भएको अवस्थामा कर्जा मिनाहा गर्दै आएको उनले जानकारी दिए । संस्थामा आबद्घ सदस्यहरु संस्थाकै परिवार भएकाले सदस्यको प्रगती नै संस्थाको उपलब्धी हुने उनको धारणा थियो ।

चालु आर्थिक वर्षमा मिर्मिरेले सुत्केरी सुविधा ४० जनालाई, काजक्रिया खर्च ३ जनालाई, अपाङ्गता भई पढाई खर्च १ जनालाई, मुटु, मृगैला, टाउको र कलेजो उपचार खर्च १ जनालाई र प्राकृतीक प्रकोप हावाहुरी पिडित १६ जनालाई राहत वितरण गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]